२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय गरिएको बताएका छन् ।

जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले अहिलेको परिवर्तन ल्याउने प्रमुख आन्दोलन ‘जनयुद्ध’ को औचित्य सिद्ध गर्न सरकारले बिदा दिने निर्णय गरेको बताए ।

उनले भने, ‘हामीलाई असफल हुने छुट छैन । केही समयदेखि संविधानमाथि प्रश्न उठाउने प्रयास भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलनले यसको औचित्य सिद्धका गर्नका लागि दृढ भएर अगाडि बढ्नुको आवश्यकता छ । जनयुद्धको औचित्य सिद्ध गर्न सार्वजनिक बिदा दिने निर्णय भएको हो ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र यसले ल्याएको परिवर्तन माओवादीको मात्रै नभएर समग्र राष्ट्र र जनताको सम्पत्ति भएको बताए ।

प्रकाशित मिति : २०७९, १ फाल्गुन सोमबार ००:००  ११ : ०९ बजे