२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसको ठक्करले महिलाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त



वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन् ।

उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्ताहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।

आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् ।

आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् ।

बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड(६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो ।

रावत हाल वीरेन्द्रनगर(१० को बामेखोलामा बस्दै आएकी थिएन । बा४ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।

तर प्रहरीले मृतकको पहिचान नै नगरेर प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।

बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले बताए ।

सोही घटनालाई लिएर आफन्तहरूले आइतबार राति १० बजेसम्म बसपार्क, मंगलगढी चोकलगायतका ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए ।

उनीहरु सोमबार बिहानैदेखि पुनः आन्दोलनमा उत्रिए छन् । आफन्तलाई नसोधेर शव उठाइएको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।

ठाउँठाउँमा आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । यसका साथै, यातायात व्यवसायमा संलग्नहरू आन्दोलनकारी माथि जाइलागेका छन् ।

झडपक क्रममा पत्रकारसहित केही व्यक्ति घाइते भएका छन् ।

डिएसपी शाहीका अनुसार बस चालक फरार रहेका छन् भने बसलाई नियन्त्रणमा लिइएको छ । फरार बस चालकको खोजी कार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०७९, १ फाल्गुन सोमबार ००:००  ११ : ५४ बजे