२०८१, ६ मंसिर बिहीबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं आइपुग्यो बाइभ्यालेन्ट खोपको पहिलो खेप



काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप बाइभ्यालेन्ट खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट खोप सोमबार बिहान काठमाडौं ल्याइएको हो । सो खोप टुेकुमा भण्डारण गरिने र केही दिनमा सबै प्रदेशहरुमा आवश्यकता अनुसार पठाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत नेपाल सरकारले बाइभ्यालेन्ट खोप माग गरेको थियो ।

विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको संक्रमणलाई रोक्न बाइभ्यालेन्ट खोप बढी प्रभावकारी छ । छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी।एफ। ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : २०७९, १ फाल्गुन सोमबार ००:००  १२ : १३ बजे