२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोमसामबाट पोखरा जाँदै बस कालीगण्डकीमा खस्यो, १७ जना घाइते



म्याग्दी कोरोला यातायातको यात्रुबाहक बस दुर्घटना भएको छ । जोमसामबाट पोखरा जाँदै गरेको ना७ख ७४४० नम्बरको बस मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३ लेतेस्थित कालीगण्डकी नदीमा खसेको हो ।

घाइतेमध्ये ४ जना सामान्य उपचापछि घर फर्किएका छन् भने १२ जनालाई उद्धार गरेर थप उपचारका लागि पोखरा पठाएको छ । यस्तै अर्का १ जनालाई अस्पताल पठाउने तयारी भइरहेको मुस्ताङका डीएसपी रवीन्द्र पौडेलले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

बुधबार भएको दुर्घटनामा बस सडकबाट करिब ३० मिटर तल नदीमा खसेको हो।

प्रकाशित मिति : २०७९, ३ फाल्गुन बुधबार ००:००  १२ : ४९ बजे