२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछापोखरी चोकमा प्रहरीको गाडी, प्रहरी विट तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ



काठमाडौं । माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर बलमता गाउँपालिका(२ घर भई काठमाडौं तार्केश्वर १० मनमैजु बस्ने ४० वर्षीय विक्रम राई, नुवाकोट पञ्चकन्या गाउँपालिका(३ घर भई काठमाडौं टोखा नगरपालिका(३ बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, लमजुङ वेशीशहर नगरपालिका(५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका(१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ र काभ्रेपलाञ्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौं महानगरपालिका(१६ बस्ने ३१ वर्षीय राजेश तामाङ रहेका छन् ।

यस्तै, प्युठान कडी गाउँपालिका(१ घर भई काठमाडौं गोङ्गबु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका(२ घर भई काठमाडौं महानगरपालिका(१६ गंगाहल बस्ने २० वर्षीय आशिष खड्का रहेका छन् ।

सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत्त बालाजुको बा।२ झ १४४ र बा।१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा समेत प्रदर्शनकारीहरूले ढुङ्गामुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आइल्याण्डमा समेत तोडफोड गरेको आरोप उनीहरूमाथि छ ।

जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै वारदातमा संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ र छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९, ४ फाल्गुन बिहीबार ००:००  ११ : २० बजे