२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यमन्त्री गिरी भन्छन्( चन्द्र भण्डारीलाई मुम्बई लगिँदैछ, उहाँको स्वास्थ्यमा सुधार आउने अपेक्षा छ



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले ग्यासँ सिलिण्डर विस्फोटमा परी घाइते भएका नेपाली कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजान लागेको बताएका छन् ।

नेता भण्डारीलाई भेट्न किर्तिपूरस्थित बर्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री गिरीले भण्डारीलाई थप उपचारको लागि मुम्बई लैजान लागेको बताएका हुन् । उनले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेको उनले बताए ।

‘चिकित्सकले नेता भण्डारीलाई थप उपचारको लागि भारत नै लैजाँदा राम्रो हुने भनेकाले एक घण्टाभित्रमा उहाँलाई मुम्वई लैजाने व्यवस्था गर्दैछौं । मलाई लाग्छ उहाँको सुधारमा आउछ भन्ने मलाई विश्वास छ। ’ उनले भने ।

नेता भण्डारीले यही उपचार गर्न पाए हुने भन्ने इच्छा व्यक्त गरेको मन्त्री गिरीले बताए । चिकित्सका अनुसार नेता भण्डारीको शरीर २५ देखि ३० प्रतिशत जलेको छ । धुवाँ स्वासनलीमा गएकाले त्यसको असर अझै तीनचार दिन बढी देखिन्छ ।

प्रकाशित मिति : २०७९, ४ फाल्गुन बिहीबार ००:००  ११ : ४२ बजे