२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नुवाकोटमा बस दुर्घटना, ३ जनाको मृत्यु



काठमाडौँ । नुवाकोटको विदुर नगरपालिका–१२ मा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बट्टारबाट धान्से जाँदै गरेको बा।२ ख। ८४५३ नम्बरको बस चैनपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले बताए ।

दुर्घटनामा परेर दुई जना पुरुष र एक महिनाको मृत्यु भएको छ । डीएसपी खड्काका अनुसार मृत्यु हुनेमा विदुर–३ घर भएका ७३ वर्षीय बाबुराम नेपाली र विदुर–६ घर भएका ६८ वर्षीय रामप्रसाद अर्यालको पहिचान खुलेको छ ।

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २३ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०७९, ५ फाल्गुन शुक्रबार ००:००  ११ : ०७ बजे