२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिन्दु राष्ट्र स्थापना दिवा सपना मात्रै हाे : जसपा नेता शेर्पा



ओखलढुंगा । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लाक्पा शेर्पाले ‘हिन्दु राष्ट्र स्थापना दिवा सपना मात्रै’ रहेको बताएका छन् । ओखलढुंगा जिल्लाको चिशंखुगढी गाउँपालिका ४ स्थित मेन्दोक छोलिङ गुम्बाको उद्घाटनमा शेर्पाले यस्तो बताएका हुन् ।

‘विचार, सिद्धान्त र राजनैतिक गतिहीन भएकाहरुले आफ्नो राजनैतिक विरासत जोगाउन र स्वार्थसिद्ध गर्न सर्वसाधारण माझ धर्म सापेक्षताको भ्रम फैलाइरहेको’ बताउँदै नेपाल शेर्पा संघका केन्द्रीय महासचिव समेत रहेका शेर्पाले ‘यस्तो भ्रमलाई चिर्न र यसका विरुद्धमा सचेत नागरिकले आन्दोलन तथा प्रतिवाद गर्ने खाले अभियान सञ्चालन गर्नुपर्नेमा’ बताए ।

धर्मको बारेमा निर्णय गर्ने अधिकार व्यक्तिमा निहित हुनुपर्ने बताउँदै केन्द्रीय सदस्य शेर्पाले राष्ट्रको कुनै जात, धर्म नहुने दाबी गरे । ‘२१ औं शताब्दीको उत्ताद्र्धमा पनि मुलुकलाई कुनै निश्चित् एक धर्मको हुनुपर्छ भन्ने गलत मानसिकताका विरुद्धमा युवाहरुले अभियान सञ्चालन गर्नुपर्ने बताए । शेर्पाले इतिहासमा सिमित भएका राजसंस्थालाई जोडेर केही व्यक्तिहरुले मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अघि बढाइरहेको ठोकुवा गरे ।

केन्द्रीय सदस्य शेर्पाले ‘एमालेका दुर्गा प्रसाई, कांग्रेसका शसांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गर्दा त्यसपार्टी भित्रका अन्य धार्मिक समुदायका सदस्यहरु टुलटुलु हेरेर वस्ने गरेको’ आरोप लगाए ।

प्रकाशित मिति : २०७९, १६ फाल्गुन मंगलबार ००:००  ९ : ४५ बजे