२०८३, ३१ भदौ बुधबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाको रणनीति बनाउँदै रवीन्द्र



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउने भएको छ।

केन्द्रीय निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा बिहीबार बसेको बैठकले कार्यक्रम खाका बनाई २ महिनाभित्र पेश गर्न वरिष्ठ उपाध्यक्ष मिश्रको संयोजकत्वमा समिति गठन गरेको हो।

उक्त समिति सदस्यहरूमा हेमजङ्ग गुरूङ र उद्धव पौडेल छन्।

यस्तै आन्तरिक विवाद तथा निस्कृय रहेका जिल्लाहरूको समस्या समाधानबारे आवश्यक छानबिन गरी १५ दिनभित्र सुझाव पेश गर्ने गरी केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापालाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २०७९, १९ फाल्गुन शुक्रबार ००:००  २ : ११ बजे