२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा-वडामा बाल विकास क्लव गठन गर्दै सुनकोशी



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले सबै वडामा बाल विकास क्लव गठन गर्न थालेको छ । बालबालिकाको चौतर्फि क्षमता विकासमा जोड दिने उद्देश्यले गाउँपालिकाले सबै १० वटै वटामा बाल विकास क्लव गठन गर्न थालेको हो ।

महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सबै वडामा बाल विकास क्लव गठन गर्न पत्राचार गरेकाले वडाहरुमा क्लव गठन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए । सबै वडामा पत्राचार गरेर बालबालिकाको अधिकारका लागि क्लव गठन तत्काल गर्न भनिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीको भनाई छ ।

प्रकाशित मिति : २०७९, १९ फाल्गुन शुक्रबार ००:००  २ : ३१ बजे