२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ को लोगोमा पोकली राख्न सभामुखलाई लिखुकी उपाध्यक्षको आग्रह



ओखलढुंगा । प्रदेश १ को लोगोमा पोकली झरनासमेट्न सभामुख बाबुराम गौतमलाई लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले आग्रह गरेकी छन् । विराटनगरमा भएको भेटमा उपाध्यक्ष थापाले नेपालको सय गन्तव्य सूचिमा सुचिकृत पोकली झरनाको तस्बिर सभामुखको कार्यकक्षमा राखेर पोकलीको पर्यटन प्रवर्द्वनमा सहयोग गर्न र सम्भव भए प्रदेशको लोगोमा पोकली समेट्न सभामुख गौतमलाई अपिल गरेकी हुन् । तपाईं पोकलीको गहना हो, प्रदेशको पनि सभामुख हुनुहुन्छ अब सम्भव भए प्रदेशकै लोगोमा पोकली समेट्नुपर्यो नभएपनि तपाईंको कार्यकक्षमा चाहिँ पोकली झरनाको तस्बिर राख्नुप्यो । ´थापाले सभामुखलाई भनिन् यसो गरियो भने पोकलीको पर्यटन प्रवर्द्वनमा टेवा पुग्नेछ । तपाईंबाट यो आशा छ।´ उपाध्यक्ष थापाको अनुरोधलाई सभामुख गौतमले सकारात्मक लिएका छन् ।

सभामुख गौतम पोकलीकै स्थानीय हुन् ।

प्रकाशित मिति : २०७९, २० फाल्गुन शनिबार ००:००  ११ : ३७ बजे