२०८१, १३ बैशाख बिहीबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चम्पादेवीमा चार हल गोरु जुधाईयो (फोटो फिचर)



ओखलढुंगा । ओखलढुंगामा गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्लाको चम्पादेवी गाउँपालिकामा जारी अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तरगत जिल्लामा पहिलो पटक गोरु जुधाई प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगितामा गाउँपालिका भित्रका चार हल अर्थात ८ वटा गोरुहरुबीच प्रतिस्पर्धा गराईएको थियो । जसमध्ये चम्पादेवि गाउँपालिका–८ का बलबहादुर राईको गोरु प्रथम भएको छ । यस्तै वडा नम्बर–९ का दिपक खड्काको गोरु दोस्रो र सोहि वडाका छेक्पाल शेर्पाको गोरु तेस्रो भएको चम्पादेवी गाउँपालिका–४ का वडा अध्यक्ष एवम् खेल प्रचारप्रसार विभागका संयोजक इन्द्र केसीले जानकारी दिए । 

गोरु जुधाई तर्फ पहिलो, दोस्रो र तेस्रो हुने गोरुका धनी किसानले क्रमशः नगद रु ३० हजार, २० हजार र १० हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९, २३ फाल्गुन मंगलबार ००:००  ३ : ०३ बजे