२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्या भण्डारीको प्रशंसा गर्दै केपि ओलीले भने-‘राष्ट्रपतिमा उहाँको भूमिका गौरवपूर्ण’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला राष्ट्रपतिका रुपमा विद्या भण्डारीको भूमिका गौरवपूर्ण रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार आयोजना गरेको कार्यक्रममा ओलीले भण्डारीले ७ वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निभाएको बताए ।

पहिलो कार्यकालको सफल र मर्यादित भूमिकालाई हेरेर राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याएको पनि ओलीले बताए । उनले अगाडि भने, ‘राजनीतिक स्वार्थ प्रेरितहरुले आफ्नो संकिर्ण स्वार्थमा ठेस लाग्दा वा पूरा नहुँदा राष्ट्रपतिको सम्मानित ओहदाको समेत मर्यादा नगरेर बकवास गरेका हुनसक्छन् । त्यसको खास अर्थ छैन ।’

प्रकाशित मिति : २०७९, २४ फाल्गुन बुधबार ००:००  १ : ३६ बजे