२०८१, १३ बैशाख बिहीबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एप्पलले ल्यायो नयाँ आइफोन



काठमाडौं। आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो आइफोन १४ सिरिजका दुई नयाँ आइफोन सार्वजनिक गरेको छ ।

एप्पलले पहेँलो रङमा आइफोन १४ र आइफोन १४ प्लसका नयाँ भेरिएन्ट सार्वजनिक गरेको हो ।

पछिल्लो केही दिनदेखि कम्पनीले आइफोन १४ का नयाँ मोडेलहरु सार्वजनिक गर्ने चर्चा चलिरहेको थियो, जसलाई एप्पलले सही सावित गरिदिएको छ ।

यद्यपि एप्पलले आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सका नयाँ मोडेल भने ल्याएको छैन । यसअघि सन् २०१८ मा एप्पलले पहेँलो रङमा ष्एजयलभ ह्च् को एक मोडेल ल्याएको थियो । त्यसपछि कम्पनीले आइफोन ११ को पनि पहेँलो संस्करण पेश गरेको थियो ।

स्मरण रहोस् एप्पलले सामान्यतया वसन्त ऋतुमा आफ्ना आइफोनका विभिन्न रङका नयाँ मोडेलहरु ल्याउने गर्दछ । गतवर्ष एप्पलले यहीँ सिजनमै आइफोन १३ र आइफोन १३ प्रो को अल्पाइन ग्रीन भेरिएन्ट लञ्च गरेको थियो ।

एप्पलले ल्याएको नयाँ भेरिएन्टमा रङका अलावा अरु कुनै परिवर्तन छैन । डिजाइनमा पनि कुनै परिवर्तन गरिएको छैन पनि हार्डवेयर तथा स्पेसिफिकेशन पनि उस्तै छ ।

त्यस्तै मूल्य पनि यसको मूल मोडलकै जत्ति छ । आइफोन १४ कुरा कुरा गदाृ यो हेर्दा आइफोन १३ जस्तै देखिन्छ । तर यो पटक कम्पनीले आइफोन १४ को प्लस मोडेल पनि सार्वजनिक गरेको छ ।

आइफोन १४ प्लसमा ब्याट्री ब्याकअप उत्कृष्ट छ तर डिजाइनमा भने आइफोन १४ जस्तै छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७९, २४ फाल्गुन बुधबार ००:००  १ : ४२ बजे