२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थापना दिवस मनाउँदै सूर्यविनायक नगरपालिका



भक्तपुर । सूर्यविनायक नगरपालिकाले छैठौं स्थापना दिवस मनाउने भएको छ । नगरपालिकाले बिहिबारदेखि विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो छैठौं स्थापना दिवस मनाउन लागेको हो ।

नगरपालिकाको अनुसार कार्यक्रम २५ गतेदेखि २७ गते विभिन्न कार्यक्रम आयोजना गरिने छ । स्थापना दिवसको अवसरमा २५ गते दिउँसो ४ बजेदेखि पालिकाको वडा नम्बर ८ मा जनप्रतिनिधि र कर्मचारीबीच फुटसल प्रतियोगिता, २६ गते बिहान ७ बजेदेखि ९ बजेसम्म सम्बिन्धत वडा कार्यालय परिसरको स्वाथ्य चौंकी तथा संस्थामा सरसफाई कार्यक्रम, २७ गते बिहान ७ बजे प्रभातफेरीसहितको शुभकामना र दिउँसो ११ बजे युवाहरुको सहभागितामा नमुना नगरसभाको अभ्यास गरिने नगरप्रमुख बासुदेब थापाले अनलाइन सरोकारलाई जानकारी दिए ।

सो कार्यक्रममा सहभागि हुन पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायलाई अनुरोध गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७९, २४ फाल्गुन बुधबार ००:००  २ : १९ बजे