ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले सवारी दुर्घटनामा घाइते भएका नागरिकको उपचारका लागि ५ लाख आर्थिक सहायता गर्ने भएको छ । फाल्गुन २१ गते दियालेमा भएको सवारी दुर्घटनामा परि घाईते भएकाहरूको उपचारार्थ गाउँपालिकाले ५ लाख आर्थिक सहायता गर्ने निर्णय गरेको हो ।
विभिन्न अस्पतालमा उपचाररत दुर्घटनाका घाइतेको उपचारका लागि स्थानीय सरकारको तर्फबाट सहयोग गरिने गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए ।
आईबार बिहान खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जीप दुर्घटनामा २ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए । घाइते १० जनालाई हेलिकोप्टर मार्फत उद्वार गरि काठमाडौं पठाइएको थियो भने २ जना ओखलढुंगा सामुदायिक अस्पताल पठाइको थियो । सबै घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।