२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा ९ जना यात्रु बाेकेर गुडिरहेको सुमोमा आगो लागेपछि…



ओखलढुंगा । ओखलढुंगामा गुडिरहेको सवारीमा अचानक आगलागी भएको छ । काठमाडौंबाट सोलुखुम्बुका लागि छुटेको ना १ ज ८८८२ नम्बरको सुमोमा अचानक आगलागी भएको हो ।

सिद्धिचरण राजमार्ग अन्तरगत मानेभञ्ज्याङ गाउँपालिका– ७ हिलेपानी नजिक गुडिरहेको सुमोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । घटनामा मानविय क्षती भने नभएको प्रहरी निरीक्षक दासको भनाई छ । ‘गुडिरहेको सुमोमा एक्कासी आगो लागेर सवारी पूर्ण रुपमा जल्यो तर मानविय क्षति भने हुन पाएन’ निरीक्षक दासले अनलाइन सरोकारसँग भने,‘घटनास्थलमा पुगेर अनुसन्धान थालेका छौं ।’ सुमोमा नौ जना सवार थिए ।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक केसीको नेतृत्वमा अनुसन्धान भईरहेको छ । उकालोमा सवारी अत्याधिक तातेका कारण वायरिङ्ग सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरिएको छ ।

चालकहरुका अनुसार यो क्षेत्रमा उकालोमा इन्जीन तात्ने र ओरालोमा लामो समय ब्रेक लगाउँदा सवारी अनियन्त्रीत भएर दुर्घटना हुने समस्या बढेको छ ।

प्रकाशित मिति : २०७९, २६ फाल्गुन शुक्रबार ००:००  ४ : २६ बजे