काठमाडौं । एमाले त्यागेर माओवादी प्रवेश गरेका इटहरी उप महानगर पालिकाका पूर्व मेयर द्वारिकालाल चौधरी पुन: एमालेमा फर्किएका छन् । माओवादीले देश र जनताको हितमा काम गर्न नसकेको र स्थानीयस्तरमा आफुले दुःख गरेर निर्माण गरेको पार्टीमा अरुले लाभ लिएको भन्दै चौधरी एमालेमा फर्किएका हुन् ।
एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर जितेका चौधरी प्रदेशसभाको निर्वचनमा माओवादीका तर्फबाट उम्मेदवार भएका थिए ।
मेयर हुँदा विवाद र चर्चामा आएका चौधरी काङ्ग्रेस सँगको गठबन्धन हुँदा समेत सुनसरी २(१) बाट पराजित भए ।
निर्वाचनमा पराजित भएपछि मौन रहेका चौधरीले आफ्नो घरमा अरू आएर रजाइँ गरेकाले एमालेमै फर्किएको बताए ।