सिन्धुली । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बा २ ख ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका–४ मा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । उनका अनुसार २४ जना घाइते भएका छन् ।
घाइतेहरुको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट पठाइएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले घटनास्थलबाट जानकारी दिए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । अनियन्त्रीत भएर भित्तामा ठोक्कीएको बसको आधा भन्दा बढी भाग पूर्णरुपमा क्षति भएको छ ।