२०७९, ९ चैत्र बिहीबार | Fri Mar 24 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्ती नगरपालिकामा अख्तियारको छापा



काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चितवनकाे राप्ती नगरपालिकामा छापा मारेको छ र, उजुरीसँग सम्वन्धित कागजातहरु लगेको छ ।

नगरपालिका प्रमुख शम्शेर लामाले सचिवालयको लागि भन्दै खरिद नै नगरेको मोवाइलको विल पेश गरेर भुक्तानी गराएको, इन्धनको लागि १ बर्षलाई छुट्टाएको रकम ८ महिनामै सकेको, विपद्को लागि छुट्टाएको ७० लाख रुपैयाँ मनपरी वितरण गरेको, नगरपालिकामा नियम विपरित कर्मचारी राखेको जस्ता उजुरी परेपछि अख्तियारको हेटौंडा कार्यालयबाट टोली खटिएको थियो ।

नगरपालिकाको कामकारबाहीलाई लिएर १६ वटा उजुरी परेको छ ।उजुरीको छानविनको लागि आवश्यक कागजात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

नगरपालिकाका सूचना अधिकारी मुक्ति पौडेलले अख्तियारको टोलीले नगरपालिका आएर उजुरी परेको भनिएका बिषयसँग सम्बन्धित सबैको फोटोकपी लगेको बताए ।’धेरै बिषयमा उजुरी परेको रहेछ, करिब सबै श्रेस्ताको फोटोकपि लगेको छ’ पौडेलले भने ।

प्रकाशित मिति : २०७९, २८ फाल्गुन आइतबार ००:००  १० : ५१ बजे