२०८१, ७ बैशाख शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घाँस रोप्ने किसानलाई चामल किन्ने पैसा दिँदै बकैया गाउँपालिका



मकवानपुरको बकैया गाउँपालिकाले बारीमा घाँस रोप्ने किसानलाई चामल किन्न अनुदान रकम दिनेभएको छ । व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न घाँस खेति बढाउने लक्ष्यसहित गाउँपालिकाले घाँस रोप्ने किसानलाई चामल किन्ने पैसा दिने नौलो नीति अघि सारेको हो ।

कृषि र पशुपालन मार्फत किसानको आयस्रोत बढाएर पालिकालाई समृद्ध बनाउन लागि परेको गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए । घाँसखेति प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरिएको उनको भनाई छ । ‘किसानहरुले परम्परागत खेति भन्दा पनि आधुनिक खेति प्रणाली अँगाल्नु पर्छ र पशुपालकले गोठ भन्दा १–२ किलो मिटर पर घाँस खेति गर्ने चलन छ । नजिकैको बारीमा घाँस खेति गर्नुस् भन्दा अन्न फलाउने बारीमा घाँस नरोप्ने भनेपछि मैले तपाईँ घाँस खेति गर्नुस् म चामल किन्ने पैसा दिन्छु भनेको छु ।’ अध्यक्ष लामिछानेले अनलाइन सरोकारसँग भने, ‘कृषि र पशुपालन मार्फत किसानको जीवनस्तर उकास्ने र पूर्वाधार विकासलाई सँगै अघि बढाएर यो कार्यकालमै बकैया गाउँपालिका समृद्धिको यात्रामा अघि बढाउने मेरो लक्ष्य छ ।’ नागरिकको आवश्यकता र मागमा केन्द्रीत भएर विज्ञसँगको परामर्शमा दिर्घकालिन महत्वका योजना अघि सारिने अध्यक्ष लामिछानेको भनाई छ ।

हेर्नुहाेस् भिडियाे :

प्रकाशित मिति : २०७९, २९ फाल्गुन सोमबार ००:००  ११ : ०० बजे