२०८३, ३१ भदौ बुधबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैत्यश्वरका अध्यक्ष भन्छन् ‘अघिल्लो कार्यकालमा कार्यालय भवन बनाएँ, अब सबै सडक पिच गर्छु’



दोलाखाको वैत्यश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले पालिका भित्रका सबै सडक पिच गर्ने योजना अघि बढाएका छन् । अघिल्लो कार्यकालमा पाउँपालिका र वडाका प्रशासनिक भवन निर्माण गरेका लामाले दोस्रो पटक निर्वाचित भएपछि सडक पिच गर्ने महत्वकांक्षी योजना अघि सारेका हुन् ।

संघ र प्रदेश सरकारसँग योजना माग गर्ने यदि माथिल्ला सरकाबाट बजेट प्राप्त नभए गाउँपलिकाकै बजेटले मुख्य सडकहरु पिच गर्ने अध्यक्ष लामाको भनाई छ । ‘पहिलो कार्यकालमा जनताका सबै काम गरेँ र प्रशासनिक भवनहरु निर्माण गरेँ । अब यो कार्यकालमा कृषिलाई व्यवसायिक बनाउने लक्ष्य पनि छ र पालिका भित्रका सबै मुख्य सडक त जसरी पनि पिच गर्छु ।’ लामाले अनलाइन सरोकारसँग भने, ‘संघ र प्रदेशले यदि बजेट दिएनन् भने पनि पालिकाकै बजेटले सडक पिच गर्ने मेरो योजना छ ।’ ग्रामिण सडकहरु स्तरोन्नती गरिसकेर कालोपत्रेको योजना अघि बढेको अध्यक्ष लामाले बताए ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : २०७९, २९ फाल्गुन सोमबार ००:००  ११ : २६ बजे