२०८२, ६ फाल्गुन बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री दाहालले चैत ६ गते विश्वासको मत लिने



काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते विश्वास‍को मत लिने भएका छन्।

प्रधानमन्त्री दाहालले चैत ६ गते पुन प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी थालेको स्रोतको दावी छ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते संघीय संसदबाट विश्वासको मत लिएका थिए। उनले एमाले, कांग्रेससहित १० दलको समर्थन पाएका थिए भने विपक्षमा २ मत परेको थियो।

बीचमा राष्ट्रपति चुनावले गर्दा पुरानो गठबन्धन भत्किएसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएका थिए।

सरकार र समर्थन गरेको दलले समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट पुन विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसै व्यवस्थाअन्तर्गत उनले चैत ६ गते पुन प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्री दाहालले ६ गते विश्वासको मत लिने भएपछि पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन उपत्यका बाहिर नजाने निर्देशन दिएका छन्।

प्रकाशित मिति : २०७९, १ चैत्र बुधबार ००:००  ३ : १४ बजे