२०८१, ७ बैशाख शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्न दिइएको छैनः सुनिता डंगोल



काठमाडौँ काठमाडौँ महानगरपालिकी कार्यवाहक मेयर सुनिता डंगोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिए पनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गरेकी छन्।

बुधबार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै उप(प्रमुख डंगोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरेकी हुन्।

उनले भनिन्, ‘ बजार अनुगमन गर्ने क्रममा विभिन्न समस्याहरू झेलिरहेका छौँ। स्थानीय सरकारलाई अनुगमनको अधिकार दिएको छ तर कार्यान्वयन गर्नलाई हात बाँधिदिएको छ। महानगरपालिकाले पनि आफ्नो अनुगमनको ऐनलाई संशोधन पनि गरिरहेको छ। स्थानीय तहको अधिकार भएका क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउने विषयलाई कार्य क्षेत्र र अधिकारमा रहेर संशोधन गर्ने काम र अनुगमन तीव्रगतिमा अगाडि बढाउनको निम्ति संघ प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ। आगामी दिनमा समन्वय प्रभावकारी रुपमा अगाडि बढ्ने अपेक्षा गरेको छु।’

बजार अनुगमन गर्दा व्यक्तिगत स्वास्थ्यको कारण विभिन्न समस्या भोगिरहेको उप(प्रमुख डंगोलको भनाइ छ।

उनले बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्नको लागि आवश्यक कानुन बनाउनुपर्ने बताइन्।

उनले व्यवसायीहरूले आफू पनि उपभोक्ता हो भनेर सोच्न जरुरी रहेको उल्लेख गरिन्।

उनले महानगरमा निर्वाचित भएर आएको ९ महिनाको कार्य अनुभवमा बजार अनुगमन गर्न जाँदा व्यवसायीहरूले थाहा पाइसक्ने गरेको पनि बताइन्।

प्रकाशित मिति : २०७९, १ चैत्र बुधबार ००:००  ३ : २२ बजे