२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल र युएईबीचको खेल अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड मैदानमा



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल र युएईबीचको खेल अवलोकन गर्न त्रिवि क्रिकेट मैदान पुगेका छन् ।

खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड खेलमैदान पुगेका हुन् । दलका शीर्ष नेताहरूले पनि नेपाली क्रिकेट टिमलाई सफलताको शुभकामना दिइरहेका छन् ।

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ । लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ । युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २०७९, २ चैत्र बिहीबार ००:००  १० : १२ बजे