२०८१, ७ बैशाख शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले बोलायो बैठक



काठमाडौँ । उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले बैठक बोलाएको छ । रास्वपाले शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो ।

बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने एक नेताले बताए । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ भने हालसम्म रास्वपाले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको थियो ।

प्रकाशित मिति : २०७९, २ चैत्र बिहीबार ००:००  ११ : ०६ बजे