२०८३, २८ बैशाख सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिलिटर ११ रूपैयाँले बढ्यो डीडीसी दूधको मूल्य



काठमाडौं( डीडीसी दूधको मूल्य प्रतिलिटर ११ रूपैयाँले बढेको छ।

सरकारले किसानको दुधको मूल्य बढाएसँगै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसी ले बिहीबारदेखि लागु हुनेगरी दूधको उपभोक्ता मूल्य प्रतिलिटर ११ रूपैयाँले बढाउने निर्णय गरेको हो।

मूल्यवृद्धि भएसँगै यसअघि प्रतिलिटर ८६ रूपैयाँ पर्ने डीडीसी दूध अब प्रतिलिटर ९७ पुगेको छ।

गएको फागुन १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले दूधको किसान मूल्य प्रतिलिटर ९ रूपैयाँले बढाउने निर्णय गरेको थियो। ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्‍याएको हो।

प्रकाशित मिति : २०७९, २ चैत्र बिहिबार ००:००  ११ : १८ बजे