२०८१, ७ बैशाख शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तातोपानी गाउँपालिकाद्वारा स्वयंसेविकालाई मोबाइल वितरण



जुम्ला । महिला स्वास्थ्य स्वयंसेविका अहिले गाउँका डाक्टरजस्तै छन् । गाउँमा कोही बिरामी हुँदा महिला स्वयंसेविकासँग नै पहिले उपस्थित हुन्छन् । बिरामीले स्वयंसेविका र स्वयंसेविकाले बिरामी ‘पछ्याउँछन्’ ।

बिरामी र महिला स्वयंसेविकाबीच सूचना प्रवाहलाई सहज बनाउन जुम्लाको तातोपानी गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल वितरण गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंका अनुसार सूचना प्रवाहलाई प्रभावकारी गर्नका लागि सादा मोबाइल सेट वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पालिकाभित्रका ६७ जना महिला स्वयंसेविकालाई मोबाइल वितरण गरेका हुन् । गाउँपालिकाको यो कदमले सूचना प्रवाहमा सहज हुने स्वयंसेविका काली शाहीको अपेक्षा छ ।

प्रकाशित मिति : २०७९, ९ चैत्र बिहीबार ००:००  ६ : ४३ बजे