२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक अस्थिरता देशको दुर्दशा : एमाले महासचिव पोखरेल



दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण नेपालमा विकासले गति लिन नसकेको बताएका छन् ।

राष्ट्रिय युवा संघको दशौँ जिल्ला अधिवेशन उद्घाटन गर्न यहाँ आएका महासचिव पोखरेलले चुनावको माध्यमबाट बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेकाले राजनीतिक अस्थिरता पैदा भएको र त्यसकै कारण देश बन्न नसकेको जिकिर गरे ।

महासचिव पोखरेलले भने-´राजनीतिक अस्थिरताका कारण देशको प्रगति हुनसकेको छैन । एमालेको बहुमत सरकार नबन्दासम्म देश समृद्ध हुँदैन । `

एमाले आगामी दिनमा सबैभन्दा बलियो राष्ट्रिय शक्ति स्थापित भएर देश समृद्ध बनाउने उनको भनाई छ ।

एमाले बलियो शक्ति बन्ने प्रयास गरिरहेका बेला नेपालको भलो नचाहने देशी विदेशी शक्तिले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उनको टिप्पणी गरे ।

प्रकाशित मिति : २०७९, ९ चैत्र बिहीबार ००:००  ७ : २९ बजे