२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा शाही



कैलाली । कैलालीको बर्दगोरियामा सम्पन्न भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको विधान बमोजिम अध्यक्ष, उपाध्यक्ष, सहित ५ जना सदस्य नेपाली कांग्रेसको भाग परेपछि के आई सिंह गाउँपालिका डोटीका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन ।

उपाध्यक्षमा खप्तड छान्ना गाउँपालिका बझाङका अध्यक्ष उत्तम बहादुर रोकाया निर्वाचित भएका छन् । नृप खडका, भगवती चौधरी, विष्णु देवी नाथ, जगत सिंह ठगुन्ना र मञ्जु महरा सदस्यमा निर्वाचित भएका छन् ।

सचिव र सह सचिव नेकपा एमालेको भागमा परेको थियो । गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाय सचिवमा निर्वाचित भएका छन् । तुर्माखाद गाउँपालिका अछामका अध्यक्ष डम्बर बहादुर बि सी सह सचिवमा निर्वाचित भएका हुन ।

एमालेले सचिव, सह सचिव र अन्य दुई जना डोल्मा तामाङ र माधवी जोशी सदस्यमा निर्वाचित भएका हुन ।

यस्तै कोषाध्यक्ष भाग परेको नेकपा माओवादी केन्द्रका मार्मा गाउँपालिका अध्यक्ष जमान सिंह धामी निर्वाचित भएका छन् ।

माओवादी केन्द्रले कोषाध्यक्ष सहित २ सदस्य पाएको थियो । सदस्यहरूमा वसन्त बहादुर चलाउने र मैना रावल निर्वाचित भएका हुन ।

यसै गरी नागरिक उन्मुक्ति बाट जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया सदस्यमा निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति : २०७९, ९ चैत्र बिहीबार ००:००  ११ : ३७ बजे