२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पूर्वानुमान : तीन दिन सम्म कहाँ–कहाँ छ जोखिम ?



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको बिहीबार बिहानको मापनअनुसार अब तीन दिन सम्म देशका विभिन्न स्थानमा बाढीको जोखिम छ । कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा बहाव घट्दो क्रममा रहेको छ । कोशी, नारायणी र यसका सहायक नदीमा भने बाहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको महाशाखाको भनाइ छ । कालीगण्डकीमा बहाव सतर्कता आसपास रहेको छ ।

आज नारायणी र यसका केहि सहायक नदीमा बहाव केहि बढ्ने तथा अन्य सबै प्रमुख र मझौला नदीमा बहाव केहि घटबढ हुने महाशाखाको पूर्वानुमान छ । आज र भोलि कन्काई, बागमती, तिनाउ, पश्चिम राप्ती, बबईका केहि सहायक नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना न्यून रहको छ ।

हेर्नुहोस् आगामी तीन दिनका लागि पूर्वानुमानः

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार ००:००  ४ : १३ बजे