२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कागेश्वरीमा ६० करोडको वृहत खानेपानी आयोजना सुरु



काठमाडौं । कागेश्वरी नगरपालिकामा ६० करोडको लागतमा निर्माण हुनेगरि वृहत खानेपानी आयोेजना सुरु भएको छ । नगरक्षेत्रमा खानेपानीको समस्या समाधान गर्नका लागि डाँछि–भद्रबास खानेपानी आयोजना सुरु गरिएको हो ।

नगरपालिकाको वडानम्बर ५ थलीमा नगरप्रमुख उपेन्द्र कार्कीले योजना शिलान्यास गरेका छन् । ६० करोड लागतमा २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरि कामको जिम्मा सगरमाथा जेभीले लिएको छ ।

६ सय ओभरहेड पानी ट्यांकी बनेपछि स्थानीयले भोगेको खानेपानी समस्या समाधान हुने नगरप्रमुख कार्कीको भनाई छ । यसक्षेत्रका महिलाहरुले खानेपानीका लागि सद्यौंदेखि गरिरहेको चिन्ताबाट मुक्ति पाउने उनको भनाई छ । अबको ३० वर्षसम्म खानेपानी समस्या नहुने गरि योजना सञ्चालन गर्न लागिएको नगरप्रमुख कार्की बताउँछन् ।

एडिबिको ७० प्रतिशत लगानीमा ३ वटा डिपबोरिङबाट ट्यांकीमा पानी खसालिने छ र शुद्धिकरण गरेर पानी वितरण गरिने छ ।

खानेपानीको ठुलो योजना सुरु भएपछि स्थानीय खुसी भएका छन् ।

डाँछि–भद्रबास खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रुपेन्द्र प्रसाद पुडासनीले नगरप्रमुख उपेन्द्र कार्कीले चुनावी बाचा पुरा गरेको बताए ।

समयमै आयोजना सम्पन्न गरेर स्वच्छ खानेपानीको सुनिश्चितता गराउन स्थानीयले माग गरेका छन् ।

प्रकाशित मिति : २०७९, ९ चैत्र बिहीबार ००:००  ११ : ०५ बजे