२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रादेशिक अस्पताल जनकपुरका निर्देशक जिम्मेवारीबाट हटाइए



जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको ल्याबमा गलत रिपोर्ट दिएको पाइएपछि निर्देशक डा. प्रमोद यादव जिम्मेवारीबाट हटाइएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवको निर्देशनमा निर्देशक यादवलाई कारबाही स्वरुप बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयले जिम्मेवारीबाट मुक्त गरेको हो ।

सञ्चारमाध्यमले अस्पतालको ल्याबले गलत रिपोर्ट दिएको समाचार सार्वजनिक गरेपछि निर्देशकलाई पदमुक्त गरी मन्त्रालय तानेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए । गलत रिपोर्ट दिनेहरुमाथि अनुसन्धान भइरहेको र कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री सरोजकुमार यादवले भोलिपल्टै अस्पतालको आकस्मिक निरीक्षण गरेका थिए । सो क्रममा उनले तत्काल निर्देशक डा. यादवलगायत ल्याबको गलत रिपोर्ट दिनेहरुमाथि कारबाही गर्न सामाजिक विकास मन्त्री सुरिता साहलाई निर्देशन दिएका थिए ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आएको एक वर्षयता प्रादेशिक अस्पतालको उपचार सेवा अस्तव्यस्त बनेको छ । प्रतिष्ठान र प्रादेशिक अस्पतालका पदाधिकारी तथा कर्मचारीबीच छैन । सेवा भद्रगोल भएपछि प्रादेशिक अस्पतालभा भएको उपकरण थन्क्याएर रेफर सेन्टरमा परिणत भएको छ ।

प्रकाशित मिति : २०७९, १० चैत्र शुक्रबार ००:००  १२ : २६ बजे