२०८१, २४ बैशाख सोमबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन सफागर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ



ओखलढुंगा । सुन सफा गर्ने भन्दै ठगी गरेको आरोपमा ओखलढुंगामा ३ जना पक्राउ परेका छन् । सुनका पुराना गरगहना सस्तो मूल्यमा सफा गरिदिने भन्दै विभिन्न किसिमका रसायनिक पदार्थहरु प्रयोग गरी गरगहनाको परिमाणमा कम गरी ठगी गर्ने ३ जनालाई प्रहरीले जिल्लाको मोलुङ गाउँपालिका–२ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङको विराटनगर महानगरपालिका–११ का ४४ वर्षीय राजेश शाह, भारतको फरबिसगंजका ४४ वर्षीय सुनिल मण्डल र सोही ठाउँका ४३ वर्षीय पारसकुमार दास रहेको प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । निरीक्षक राईका अनुसार पक्राउ परेकाहरुबाट प्रहरीले विभिन्न प्रकारका रासायनिक पदार्थ समेत बरामद गरिएको छ ।

सफा गरिदिने भन्दै सुन पगालेर आधा सुन लैजाने गरिएको समेत सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो । जिल्लामा यस्तोे गिरोहनै प्रवेश गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

मोलुङ गाउँपालिका १ का वडाअध्यक्ष कमल बानियाले गाउँमा यस्तो गिरोह प्रवेश गरेकाले सतर्क रहन सार्वजनिक सूचना जारी गरेर अपिल गरेका छन् । नागरिक त्रसित हुने अवस्था आएको भन्दै सुरक्षाको व्यवस्था मिलाउन प्रहरी प्रशासनसँग वडाले माग समेत गरेको छ ।

प्रकाशित मिति : २०७९, ११ चैत्र शनिबार ००:००  ७ : ४८ बजे