२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलागुफा नगरपालिकाका धामीझाँक्री र पुरोहितलाई सम्मान



कालिकोटको तिलागुफा नगरपालिकामा धामीझाँक्री र पुरोहितलाई सम्मान गरिएको छ । बालविवाह न्यूनीकरणका लागि सहयोग गरेको नगरपालिकामा रहेका १ सय ११ जना भन्दा बढि धामीझाँक्री र पुरहितहरुलाई टाउकोमा फेटा (पगडि)बाधेर सम्मान गरिएको हो ।

नगरपालिकाको आयोजना र किडार्क नेपालको आर्थिक सहयोगमा बालविवाह न्यूनीकरणका लागि धामीझाँक्री र पुरोहितले गरेको योगदानको कदर गर्दै सम्मान गरेको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

शुक्रबार पन्चेबाजा सहितको यालीमा नगर परिक्रमा गराएको उपप्रमुख शाहीले बताए । उनले भने, ‘हाम्रो ठाउँमा उमेर नपुगेर सानैमा बिवाह गर्दिने र आफ्नो स्वइच्छाले बिवाह गर्ने गरेका थिए । अब त्यसलाई रोक्न पर्छ । सानैमा विवाह गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्छ भनेर हामीले यो अभियान सुरु गरेका छौँ । हाम्रो तिर बिशेषत धामीझाँक्रीलाई अलि धेरै सम्मान गरिने र भनेको मान्ने हुदाँ पनि धामीझाँक्रीले यो अभियानमा सहयोग गरेपछि उमेर नपुगेर विवाह गर्नेको संख्यालाई न्यूनीकरण गर्न सकिन्छ कि भन्ने हाम्रो अभियान हो ।’

उक्त नगरपालिकामा ११ वडा वडा रहेका छन् । सो वडाहरुमा बालविवाह न्यूनीकरणमा धामीझाँक्री सक्रिय भएका छन् ।

प्रकाशित मिति : २०७९, ११ चैत्र शनिबार ००:००  ९ : १० बजे