२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सूर्यविनायक नगरपालिकामा मेलम्चीको पानी वितरण हुने



भक्तपुर । सूर्यविनायक नगरपालिकामा मेलम्चीको पानी वितरण हुने भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको हो ।

सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको नगर प्रमुख वासुदेव थापाले जानकारी दिए । नगरक्षेत्रमा खानेपानीको समस्या समाधानका लागि जनप्रतिनिधिले गरेको प्रयत्न सार्थक बनेको नगरप्रमुख थापाले बताए ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

प्रकाशित मिति : २०७९, ११ चैत्र शनिबार ००:००  २ : २५ बजे