२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थारु समुदायको संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्दै ग्रामथान गाउँपालिका



मोरङ । मोरङको ग्रामथान गाउँपालिकाले थारु संस्कारलाई प्रवद्र्धन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवद्र्धनको क्षेत्रमा थारु संस्कार, परिकार र भेषभूषाका प्रवद्र्धन गर्ने भएको हो ।

पर्यटन प्रवद्र्धनका लागि गाउँपालिका भित्र रहेका मठ, मन्दिर मस्जित, गुम्बालगायतको संरक्षण, प्रवद्र्धन र प्रचारसँगै स्थानीय जातिय भेषभूषाको संरक्षण, थारु होमस्टे सञ्चालन, होमस्टे प्रवद्र्धनका लागि सहुलियत ऋणको व्यवस्था गर्ने कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष  जय प्रकास गच्छदार थारुले बताए । थारु परिकार, थारुका पहिरन, संस्कार भेषभूषालाई विशेष संरक्षण र प्रचार गरिने अध्यक्ष थारुको भनाई छ ।

ग्रामथानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गाउँपालिका जुटेको छ ।

नागरिकको माग र आवश्यकताका आधारमा कृषि, शिक्षा, स्वास्थ्य र सरोकारका विषयमा काम गरिने अध्यक्ष थारुले बताए । अध्यक्ष थारुसँग अनलाइन सरोकारले गरेको अन्तरवार्ता हेर्नुहोस्

https://www.youtube.com/watch?v=2IEqJvn9YKw&t=19s

प्रकाशित मिति : २०७९, ११ चैत्र शनिबार ००:००  ३ : ०५ बजे