२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारी दुर्घटनाका घाइतेलाई निःशुल्क उपचार गर्न खतिवडाको माग



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ओखलढुंगाका २ वटा सवारी साधन दुर्घटनामा परी ८ जनाको ज्यान गएको र घाइते भएकाहरुको खर्चको अभावमा उपचार गर्न कठिनाई भईरहेको दृष्टान्त पेश गर्दै सरकारसँग सो माग गरेका हुन्।

उनले भने, ‘सवारी दूर्घटनामा परेर घाईते भएकाहरुलाई सरकारले निशुल्क उपचारको व्यवस्था मिलाओस् भनेर म माग गर्न चाहन्छु।’

सांसद खतिवडाले सबै बसहरुमा यात्रुहरुका लागि स्वास्थ्य विमाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने, ‘ओलखढुंगामा जीप र बस दुर्घटनामा परी घाईते भएकाहरुको उपचार गर्न सक्ने अवस्था भएन । बसको विमाको व्यवस्था नभएकाले पनि उपचार खर्चको अभाव छ । त्यसैले बसका यात्रुहरुलाई बीमाको व्यवस्था गरेर सम्पूर्ण उपचार गर्ने व्यवस्था सरकारले गरोस भनेर आग्रह गर्न चाहन्छु।’

सांसद खतिवडाले उच्च तहका व्यक्तिहरुलाई भने राज्यले स्वास्थ्य उपचारको नाममा ठूलो धनराशी खर्च गर्दै आएको तर सर्वसाधारणले भने खर्चको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।

प्रकाशित मिति : २०७९, १२ चैत्र आइतबार ००:००  ४ : ३१ बजे