२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा संकटकाल घोषणा

मिसिसिपी र अल्बामा भीषण आँधीबाट २६ जनाले ज्यान गुमाएका छन्। सयौं घाइते भएका छन्।



(एजेन्सी) : अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा विनाशकारी आँधीका कारण गरिएको संकटकाल घोषणालाई अनुमोदन गरेका छन्। उनले यससँगै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी र चक्रवात’ बाट प्रभावित क्षेत्रमा पुनःस्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन्। राज्य सरकारले यसअघि संकटकाल घोषणा गरेको थियो।

मिसिसिपी आपत्कालीन व्यवस्थापन निकायले विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहन सक्ने बताएको छ। ‘मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ। अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकाले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ’, विज्ञप्तिमा लेखिएको छ। विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै चक्रवातको सम्भावनालाई नकार्न नसकिने जनाएको छ।

मिसिसिपी र अल्बामा भीषण आँधीबाट २६ जनाले ज्यान गुमाएका छन्। सयौं घाइते भएका छन्। खोज तथा उद्धार प्रयास जारी छ। रोलिङफार्क अति प्रभावित भएको छ। कुच्चिएका मोटरकार, इँटा र सिसाले सडक हेरिनसक्नु छ। पूरै सहर प्रायः भग्नावशेषमा परिणत भएको छ। यहाँका एक जना बासिन्दाले आँधीका बेला ‘बाथ टब’मा बस्दा आफ्नो ज्यान जोगिएको बताएका छन्।

पश्चिमी शार्की काउन्टीको अवस्था पनि त्यस्तै छ। सबैतिर तहस–नहस, वरिपरिको खेतबारीका रमणीय वातावरण पनि आँधीको चपेटामा परेको छ।

प्रकाशित मिति : २०७९, १३ चैत्र सोमबार ००:००  १२ : २३ बजे