२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाजेहाङको परिवारलाई कोशी सरकारले ३ लाख दिने



झापा । कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदक लिम्बु लाजेहाङको परिवारलाई कोशी प्रदेश सरकारले ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

कोशी प्रदेश मन्त्री परिषद्को आज बसेको बैठकले विराटनगरमा भएको विरोध कार्यक्रममा सहभागी लिम्बूको निधन प्रति गहिरो दुःख व्यक्त गरेको छ ।

मन्त्री परिषद्को बैठकले घटनाको सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, को निर्देशकमा प्रदेश सचिव कृष्ण सापकोटा लाई जिम्मेवारी दिएको छ ।

बैठकले प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७९, १३ चैत्र सोमबार ००:००  २ : ०५ बजे