२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिटरब्याज पीडितले खुलामञ्च बाहिरै रात बिताए, बिहानै बालुवाटारमा धर्ना



काठमाडौं । न्याय माग्दै महोत्तरीबाट ११ दिन पैदल हिँडेर काठमाडौं पुगेका मिटरब्याज पीडितहरूले खुला आकाशमै रात बिताएका छन् ।

धर्नाका लागि काठमाडौंको खुलामञ्च प्रवेश गर्दा महानरले रोकेपछि उनीहरूले खुलामञ्च बाहिर नै रात बिताएका हुन् ।

आज बिहानै उनीहरू प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका छन् ।

निषेधित क्षेत्रमा प्रहरीले रोकेपछि अहिले टंगालमा उनीहरूले धर्ना दिइरहेका छन् ।

पीडितहरूले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन शाहविरुद्ध नाराबाजी समेत गरेका थिए ।

उनीहरूले मिटरब्याजीलाई कारबाही गर पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर लगायतका नारा लगाइ र प्लेकार्ड बोकेर विरोध गरेका छन
पीडितहरूको आन्दोलनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समर्थन जनाएका छन् ।

उनले पीडितका समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।

प्रकाशित मिति : २०७९, १४ चैत्र मंगलबार ००:००  ११ : १९ बजे