२०८२, २८ जेठ मंगलबार | Tue Jun 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषिको व्यवसायिकरण गर्दै लक्ष्मीनिया गाउँपालिका

७ वटै वडामा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने



धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिकाले कृषिको व्यवसायिकरणमा जोड दिएको छ । दिर्घकालिन रुपमा गाउँपालिकाको समृद्धिको पहिलो आधार कृषि क्षेत्रलाई मानेको लक्ष्मीनियाले कृषिमा आधुनिकता भित्राएर किसानको जिवनस्तर उकास्ने लक्ष्य लिएको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत कृषिलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

कृषि आधुनिकिकरणका लागि उन्नत जातका मल बीउमा ५० प्रतिशत अनुदान दिने, सिँचाइ सुविधाका लागि डिप ट्युववेल व्यवस्था गर्ने, बिग्ही नदिमा ड्याम निर्माण गरि सिंचाइँको सुविधा बढाउने, बालि बीमा कार्यक्रम सञ्चालन गर्ने, उत्पादित कृषि उपजको बजारीकरणका लागि पहल गर्ने, सहकारी खेती र एकवडा एक उत्पादनमा जोड दिने लगायतका काम भइरहेको गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले अनलाइन सरोकारसँग बताए । कृषिमा लगानी गर्न वित्तिय संस्थालाई लगानी मैत्री वातावरण बनाउन समेत गाउँपालिका जुटेको अध्यक्ष मिश्रको भनाई छ ।

कृषिसँगै पशु स्वास्थ्यका क्षेत्रमा समेत यो गाउँपालिकाले विशेष निती लिएको छ । पालिकाका सबै ७ वटै वडामा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने र पशु पालक किसानलाई अनुदान दिनेजस्ता कार्यक्रमहरु छन् ।

शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै समृद्धिका अरु अभियानहरु समेत निरन्तर चलिरहेको गाउँपालिका अध्यक्ष मिश्रको भनाई छ । कार्यपालिकाभित्र सहमतिको वातावरण बनाएर काम गरिरहेको उनको दावी छ ।

अध्यक्ष मिश्रसँग अनलाइनसरोकारले गरेको अन्तरवार्ता यहाँ हेर्नुहोस् ।

प्रकाशित मिति : २०७९, १५ चैत्र बुधबार ००:००  १२ : १५ बजे