२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा यातायात व्यवस्था कार्यालय खोल्ने प्रदेश सरकारको निर्णय



पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा । ओखलढुंगामा यातायात व्यवस्था कार्यालय खुल्ने भएको छ । १ नम्बर प्रदेश मन्त्री परिषद्को विहिबारको बैठकले ओखलढुंगामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङको प्रस्तावमा प्रदेश सरकारले ओखलढुंगामा आसपासका क्षेत्रलाई समेत कार्यक्षेत्र कायम गरेर यातायात व्यवस्था सम्बन्धीका सबै काम गर्ने गरि कार्यालय स्थापना गर्ने निर्णय गरेको हो । सवारी लाइसेन्स, दर्ता, नविकरण लगायतका सबैकाम ओखलढुंगाबाट हुने गरि कार्यालय स्थापना गर्न राज्यमन्त्री गुरुङले मन्त्री परिषद् बैठकमा प्रस्ताव गरेका थिए । राज्यमन्त्री गुरुङको प्रस्ताव अनुसार सरकारले तत्काल प्रकृया अगाडी बढाएर सेवा सुरु गर्ने गरि निर्णय भएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङका स्वकिय सचिव टिका धमलाले जानकारी दिए ।

राज्यमन्त्री गुरुङले निर्वाचनमा ओखलढुंगाका नागरिकले सरकारी सेवाका लागि अन्यन्त्र भौतारिनु पर्ने अवस्था आउन नदिन जिल्लामै आवश्यक कार्यालय ल्याउने बचन दिएका थिए ।

आफ्नो निर्वाचन क्षेत्रलाई चत्रपथ बनाएर सबै गाउँमा व्यवस्थीत सडक सञ्जाल बनाउने काम थालेका राज्यमन्त्री गुरुङ जिल्लामा यातायात व्यवस्था कार्यालय ल्याउन सफल भएका छन् । ‘प्रदेश सरकार नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाहमा जुटेको छ ।’ राज्यमन्त्री गुरुङले भने,‘जनताबाट आएको माग र आवश्यकतालाई मध्ये नजर गर्दै प्रदेशका सबै १४ वटै जिल्लामा विकास समृद्धि र सार्वजनिक सेवा प्रवाहलाई सरल बनाउन प्रदेश सरकार लागि परेको छ ।’ चालु आर्थिक वर्षलाई विकासको वर्षका रुपमा अघि बढाउने आफ्नो मन्त्रालयको योजना रहेको उनको भनाई छ ।

यसअघि ओखलढुंगा र आसपासका जिल्लाका सेवाग्राही यातायात सम्बन्धीको काम गर्न सिरहाको लहान, राजधानी काठमाडौं सहितका ठाउँमा पुग्नुपर्ने बाध्यता थियो ।

साउन १ गते करदाता सेवा कार्यालय सुरु भएको ओखलढुंगामा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रदेश सरकारको निर्णयले जिल्लाबासी खुसी भएका छन् ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार ००:००  ८ : ३१ बजे