ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बीउ उपलब्ध गराउने भएको छ । बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरभवन ललितपुरसँगको साझेदारीमा गाउँपालिकाले पालिकाभित्रका किसानलाई धानको बीउ उपलब्ध गराउने भएको हो ।
पालिका भित्रका १० वटै वडामा पत्राचार गरेर धानको बीउ माग गर्न किसानलाई सूचित गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए । किसानले आफुलाई आवश्यक धानको बीउको जात र परिमाणसहित पालिकाको कृषि विकास शाखामा सम्पर्क गर्नसक्ने जनाइएको छ ।