२०८१, ३ फाल्गुन शनिबार | Sat Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनवर्सी नगरपालिकामा बालि उपचार शिविर



विराटनगर । कृषिवालीमा लाग्ने रोग नियन्त्रण एंव उपचारका लागि मोरङको सुनवर्सी नगरपालिका–५ मा वाली उपचार शिविर आयोजना गरिएको छ ।

कृषि ज्ञानकेन्द्र र सुनवर्सि नगरपालिकाको सहयोगमा आयोजना गरिएको एक दिने शिविरमा १ सय ५६ जना किसानले वालि परिक्षण गराएका थिए । वाली परिक्षणको क्रममा बढि जस्तो आपमा फडके किरा,मकैवालीमा फौजी किरा तथा चैते धानमा व्याकटोरियल लिवलाइट जस्ता रोग फेला परेको सुनवर्सी नगरपालिका कृषि विकास शाखाका अधिकृत नरेस साहले बताए । शिविरमा किसानलाई रोग वरुद्ध विभिन्न सुझाव सहित किटनाशक औषधी समेत निशुल्क वितरण गरिएको कृषि साखा अधिकृता साहले बताए ।

शिविरमा किसाले खेतवारीमा उत्तपादन गरेको फर्सी, लौका, भिन्डी, वैगन जस्ता तरकारी बालि सहित मकै , धान तथा चना वालीको विरुवा परिक्षणका गरिएको थिए ।वालीमा लाग्ने विभिन्न रोगका कारण किसानले ठुलो क्षती व्योर्हनु परिरहेकाले त्यस्को रोकथामका लागि प्रतेक वर्डामा शिविरको आयोजना गरिएको नगरपालिकाका उपप्रमुख मिरादेवी दासले बताइन् ।

सुनवर्सी नगरपालिकाका वर्डा न ५ का वर्डा अध्यक्ष युगेश्वर ठाकुरले वालि परिक्षण शिविर संगै उर्भरा क्षमता बढाउन माटो परिक्षण शिविर समेत संचालन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा अत्याधिक रसायनिक मलको प्रयोग तथा गुणस्तरहिन विउ प्रयोगका कारण वाली नालीमा रोगको प्रकोप वढन थालेकाले आवश्यकता अनुसार रसायनिकमलको प्रयोग गर्न कृषि विज्ञहरुले किसानहरुलाई सुझाव दिएका थिए ।

शिविरमा कृषि ज्ञानकेन्द्र मोरङका प्रमुख रामदेव सिंह, वाली संरक्षण अधिकृत सरस्वती श्रेष्ठ कृषि विज्ञ रामानन्द यादव तथा रेणु यादवले किसानहरुलाई कृषी सम्वन्धी विभिन्न सल्लाह सुझाव दिएका थिए ।

प्रकाशित मिति : २०७९, १६ चैत्र बिहीबार ००:००  २ : १७ बजे