२०८१, २९ असार शुक्रबार | Sat Jul 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनयुद्ध होइन हिंसा हो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले गरेको दश बर्षे आन्दोलन जनयुद्ध नभएर हिंसा भएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जनयुद्धको आफू सबै विरोधमा रहेको बताए ।
उनले भने, ‘जनयुद्धको मैले लगातार विरोध गरेको छु । माओवादीले गरेको जनयुद्ध नै होइन । त्यो एउटा सेन्टिमेन्टमा आएर नेताको के स्वार्थ थियो । कार्यकर्तालाई महान् परिवर्तन ल्याइन्छ भनेर सेन्टिेमेन्टमा लगाइएको थियो । उनीहरुको दोष छैन । तर नेताहरुले जे गरे त्यो जनयुद्ध थिएन । जनयुद्ध त्यसलाई भनिदैन त्यो एउटा हिंसा थियो । त्यस हिंसाले द्धन्द्ध जन्मायो। दुखद् परिणाममा देश पुग्यो ।’

उनले आफ्नो पार्टी सरकारमा हुँदा हुँदै प्रचण्डले एकतर्फिरुपमा बिदा दिएर राष्ट्रिय उत्सव मनाउन खोजेपछि आफूले आलोचना गरेको बताए ।

‘हामीले माओवादी आन्दोलनको हामीले व्यवस्थापन गर्यौं । जनयुद्ध भएको भए सफल पार्नुपर्थ्यो । मैले उहिले पनि भन्ने गरेको थिएँ । माओवादी एउटा आन्दोलन हो। जसको समस्या गर्नुपर्छ । त्यसैले हामीले कहिलेपनि महान् जनयुद्ध भनेका छैनौं’ उनले भने ।

प्रकाशित मिति : २०७९, १६ चैत्र बिहीबार ००:००  ४ : ४९ बजे