२०८१, ७ बैशाख शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अदालतमा आत्मसमर्पण गर्दै डोनाल्ड ट्रम्प



काठमाडौं । एक जना पोर्न स्टारसँगको सम्बन्धका कारण विवादमा परेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसर्मपण गर्ने तयारी गरेका छन् । आगामी हप्ता न्यूयोर्कस्थित फौजदारी अदालतमा आत्मसमर्पण गर्ने ट्रम्पको तयारी छ ।

फ्लोरिडामा बस्दै आएका ७६ वर्षिय ट्रम्प अदालतमा पहिलो सुनुवाइमा आफैं उपस्थित हुँदा उनको सुरक्षाको जिम्म अमेरिकाको सिक्रेट सर्भिसलाई दिइएको छ ।

ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई गोप्य रुपमा रकम दिने गरेको समाचार सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनको केही दिन अगाडि सार्वजनिक भएको थियो । राष्ट्रपति चुनावको नतिजा रोक्न ट्रम्पका समर्थकहरुले संसद भवनमा हुलदंगा र तोडफोड गरेको घटनामा पनि ट्रम्प मुछिएका थिए । एक जुरीले यी घटनाहरुमा ट्रम्प दोषी रहेको भन्दै उनीमाथि फौजदारी अभियोग लगाउन मिल्ने सुझाव सरकारलाई बुझाएको थियो ।

सन् २०१८ मा अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा प्रकाशित भएको एक लेखमा राष्ट्रपति ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले अक्टुबर २०१६ मा पोर्न स्टार स्टोर्मी डेनियल्सलाई १ लाख ३० हजार डलर दिएको उल्लेख थियो । ट्रम्पले आफूहरुबीचको सम्बन्धबारे सार्वजनिक नगरिदिन आग्रह गर्दै सो रकम दिएको लेखमा दाबी गरिएको थियो ।

कानुनी रुपमा यो भुक्तानी अवैध भएको पत्ता लागेपछि ट्रम्प विवादमा तानिएका थिए । उनीमाथि यो घटनाको प्रमाण लुकाउन कागजी दस्तावेज हेरफेर गरेको आरोप समेत लागेको छ ।

प्रकाशित मिति : २०७९, १७ चैत्र शुक्रबार ००:००  ९ : २० बजे