२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२०९ जना फरार अपराधी पक्राउ



ओखलढुंगा । ओखलढुंगामा ३ वर्षमा २०९ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार २०९ जना फरार अपराधी पक्राउ परेका हुन् ।

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ४० जना फरार अपराधी पक्राउ परेका छन् । अदालतबाट कसुर ठहर भइ सजाए पाएका ४० जना फरार अपराधी पक्राउ परेका हुन् ।

विभिन्न मुद्दामा कसुर ठहर भएका ३० पुरुष र दश जना महिला फरार अपराधीलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पक्राउ गरेको हो । अदालतबाट कसुर ठहर भइ सजाए पाएका फरार अपराधी पहिचान र पक्राउ अभियान संचालन गरि फरार अपराधीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताए । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार अझै १४५ अपराधी फरार रहेका छन् । उनिहरुको खोजी कार्य भईरहेको प्रनाउ केसीको भनाई छ ।

जिल्लामा अपराध गरेर फरार भएका अपराधीहरुको लामो समय सम्म पक्राउ नपर्नुमा वास्तविक र नागरिकताको नाम फरक÷फरक, बसाइ सराइ गरि विकट र सहरी क्षेत्रमा बसोवास, रोजगारीको सिलसिलामा अन्यन्त्र जिल्ला तथा भारत साथै अन्य विदेश गएको, मृत्यु भइसकेको लगायतका कारण छन् । अधिकांश फरार व्यक्तिहरु भागेर छिमेकी मुलुक भारत जानुका साथै देशका विभिन्न शहरहरुमा बास्तविक पहिचान बदलेर लुकिछिपि बसेको हुन सक्ने प्रहरी अनुमान छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा ७९ पुरुष र २० महिला गरि ९९ जना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा ४६ पुरुष र १५ महिला गरि ६१ जना साथै आर्थिक वर्ष २०७८÷०७९ मा आठ पुरुष र एक महिला फरार अपराधीलाई पक्राउ गरि अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

पक्राउ परेका फरार अपराधीहरु कर्तव्य ज्यान मुद्दा, चोरी डकैती, गालीबेइज्जती लगायतका मुद्दामा कसुर ठहर भएका छन् । उनीहरु कारागार चलान भएका छन् ।

प्रकाशित मिति : २०७९, १८ चैत्र शनिबार ००:००  १२ : ५९ बजे