२०८१, २२ माघ मंगलबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फिक्कलका उपाध्यक्ष राजु बराल भन्छन्-‘गुरु योजना बनाएर परिणाममुखी काम गर्दैछौं’



काठमाडाैं । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले फिक्कलको समृद्धिका लागि गुरुयोजना बनाएर परिणाममुखी काम गरिरहेको बताएका छन् । संघियता पछि स्थापित स्थानीय तहले थुप्रै चुनौतीका बीच पनि फिक्कलको समग्र विकासमा स्पष्ट खाका बनाएर काम गरेको बताएका हुन् ।

लामो समय जनप्रतिनिधि विहिन स्थानीय तहमा बढेको बेथिती हटाएर पूर्वाधार विकास र सामाजिक जागरणका क्षेत्रमा विषेश अभियान नै चलाएको उपाध्यक्ष बरालले बताए । दिगो विकास र रुपान्तरणका लागि स्थानीयको माग र आवश्यकताका आधारमा गाउँपालिकाले नीति कार्यक्रम र बजेट ल्याएर कार्यान्वयन गरिरहेको उनले बताए ।

न्याय, शिक्षा, स्वास्थ्य, स्वरोजगार र अन्य सबै क्षेत्रमा आधारभूत कामहरु गरिसकेको दावी गर्दै उपाध्यक्ष बरालले अबको ५ वर्षभित्र समृद्ध पालिका निर्माणको लक्ष्यमा पुगिने बताएका छन् । ‘हामीले फिक्कल गाउँपालिकाको समग्र विकासका लागि गुरु योजना बनाएर परिणममुखी काम गरिहेका छौं ।’ उनले भने, ‘असिमित मागहरु सिमित स्रोतले पुरा गर्दै आधारभूत कामहरु भउका छन् । अबको ४ वर्षमा समृद्धिको यात्रामा फिक्कल निकै अगाडी बढेको हुनेछ ।’ उपाध्यक्ष बरालसँग अनलाइन सरोकारले गरेको विशेष अन्तरवार्ता हेर्नुहोस्

https://youtu.be/dR10Yd1jq7U?t=2

प्रकाशित मिति : २०७९, १८ चैत्र शनिबार ००:००  १ : २७ बजे