२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुङ्गाकी एक युवतीमाथि काठमाडौँमा एसिड प्रहार




काठमाडौं । काठमाडौंको सीतापाइलमा ओखलढुङ्गाकी एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया पवित्रा कार्कीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो ।

साँझ दही किन्न निस्केकी उनीमाथि कसले एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न नसकेको महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए । उनको मुखमा एसिड परेको छ भने अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको भट्टले बताए ।

उनलाई एसिड प्रहार गर्नेको खोजी हुनुका साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको भट्टले बताए ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार ००:००  ४ : २८ बजे